टॉप न्यूज़पंजाब
Trending

हाम्रो प्रतिभा सास्कृतिक रंगमञ्चको आयोजना दशैं तिहार बिशेष साँस्कृतिक कार्यकर्म हुदै छ आउनु होस भारत को लुधियाणा पन्जाब मा 13 अक्टोबर 2024

मिति 13 अक्टोबर 2024 मा उपस्थित को लागि हार्दिक अनुरोध गर्दछौं

आउँदै गरेको बडा दशैं तथा शुभ दीपावलीको यहाँहरु सबैलाई शुभकामना सहित
✍️थोरै समय मिलाएर यहाँहरुले यो स्टाटसलाई मनन गरिदिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु। नमस्कार अनि सांगीतिक अभिवादन। हाम्रो प्रतिभा सांस्कृतिक रङ्गमञ्चले पछिल्लो सात आठ वर्षदेखि पञ्जाबको लुधियानामा वर्षमा एउटा कार्यक्रम गर्ने गर्थ्यो। त्यो हो होली विशेष सांस्कृतिक कार्यक्रम यसपटक भने हाम्रो प्रतिभा सांस्कृतिक रङ्गमञ्चले केही नयाँ मोड लिएको छ। यसपटक हाम्रो यस प्रतिभा सांस्कृतिक रङ्गमञ्चले दशैं तिहार विशेष शुभकामना आदानप्रदान एवं सांस्कृतिक कार्यक्रम गर्ने जमर्को गरेको छ किनभने प्रवासका विभिन्न ठाउँहरूमा भनौँ वा हाम्रो पन्जाबमा दशैं तिहारलाई छाडेर अन्य समयहरूमा जस्तै तीज नयाँ वर्ष होली , २६ जनवरी ३१ मार्च १५ अगस्ट जस्ता दिनहरूमा विभिन्न संघसंस्थाहरुले कार्यक्रम गर्दै आएको हामीले पाएका छौं सो दशैं तिहारको बीचमा आजसम्म कुनै पनि संघसंस्थाहरूले वा विशुद्ध गीतसंगीतसँग जोडिएका संस्थाहरुले दशैं तिहारलाई विशेषता दिएको नपाएका हुनाले यसपटक हामीले हाम्रा प्रवासी आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरूको यो चाडपर्वको बेलामा नेपाल जान नपाएका कसैले छुट्टी नपाएर होला कसैसँग धन नभएर होला त कसैको बाध्यता होला। यी विविध कुराहरुलाई मध्यनजर गरेर हामीले प्रवासीहरूको मुहारमा थोरै भएपनि खुसियाली छाइयोस् भन्ने उद्देश्यका साथ यसपटक म हाम्रो टिमले केही फरक गर्नुपर्छ भन्ने विचारका साथ लागि परेका छौं यसर्थ हामीलाई विश्वास छ। पछिल्लो समयमा जसरी यहाँहरुले साथ सपोर्ट सहयोग मद्दत पुर्याउने भएको थियो। त्यसरी नै दशैं तिहार विशेष कार्यक्रमलाई पनि सपोर्ट पुर्‍याइदिनुहुनेछ मद्दत पुर्‍याइदिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छु।

र अर्को कुरा हामीले यो कार्यक्रम गर्नुको औचित्य भनेकै यो दशैं तिहारमा छुट्टी नपाएर नेपाल अर्थात् स्वदेशमा जान नपाएका आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरुलाई समग्र रुपमा समेटेर एक ठाउँमा जमकट भएर थोरै भएपनि थोरैमा पनि रमाइलो गर्ने प्रयत्न हो ।र यो कार्यक्रम हामीले कुनै व्यापार बिजनेस गर्नका लागि होइन त्यसकारण यहाँहरु सबैले जे जस्तो भएपनि सानोतिनो आफ्ना लागि आफैले सहयोग पुर्याइदिनुहोला ।।

👉नोट काम गर्दैगर्दा हुँदै आएका र भएका र हुने कमीकमजोरीहरूलाई यहाँहरुले सुधार्ने अवसर दिनुहुनेछ भन्नेमा पनि हामी विश्वस्त छु। र अर्को कुरा यतिका वर्षदेखि हाम्रो प्रतिभा सांस्कृतिक रङ्गमञ्चले सांस्कृतिक कार्यक्रम गर्दै गर्दा हामीले आजसम्म प्रवासमा रहेका राम्रो कला गला राम्रो प्रतिभालाई विशेषता दिएर अहिलेसम्म समेट्दै गएका छु। यसको अर्थ यो होइन कि हामीले नेपालबाट कुनै कलाकार बोलाउन नसकेको होइन हाम्रो यो संस्था कलाकारहरूकै लागि र गीतसंगीतका लागि बनाइएको संस्था हो। त्यसकारण हाम्रो यस संस्थाभित्र कलाकारकै टिम भएको हुनाले हामीले हाम्रो प्रवासमा रहेका कलाकार साथीहरुलाई विशेष स्थान दिएर समेट्दै गएका छौं र यसरी नै जानेछौ भन्नेमा पनि यहाँहरूलाई म विश्वास दिलाउन चाहन्छु।
र यस कार्यक्रममा छुटपिट रहनुभएका कलाकार साथीहरूलाई यसपछिको हुने होली विशेष सांस्कृतिक कार्यक्रममा हामी समावेश गर्नेछौ अर्थात् समेट्नेछु किनभने कलाकारहरूलाई समेट्नु ठूलो कुरा होइन हामीले समय कति दिन सक्छु भन्ने कुराहरु आफैमा अर्थपूर्णमै हुने गर्दा यसपटकलाई छुटपिट रहनुभएका कलाकारलाई फेरि पनि म यो जानकारी गराउन चाहन्छु। यसपछिको कार्यक्रममा पूर्ण समावेश गराउनेछु धन्यवाद👏👏🎤🎶❤️‍🔥🙏

मिडिया पार्टनर खुस टेलिभिजन चण्डीगढ भारतमा प्रचलित मिडिया हो कार्यक्रम को लागि र मनोरञ्जन समाचार बिग्यापन लग्वाने के लिए संपर्क करें- 8699181244

Show More

Khus Television Service

*Welcome To Khus Television news खुस टेलिभिजन समाचार विज्ञापन मनोरञ्जन प्रसारण कर्वाने के लिए सम्पर्क करें मोबाइल नम्बर +918699181244 All India न्युज दैनिक राशिफल भी उपलब्ध है। धन्यबाद*

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!